कोभिड संक्रमणका कारण बर्दियाका दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बर्दियाका दुईजना पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुलरिया नगरपालिका ९ बर्दियाका ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका २ बर्दियाका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । गुलरियाका पुरुष कोभिड पुष्टि भएपछि थप उपचारका लागि श्रावन ११ गते भेरी अस्पतालमा भर्ना हुनुभएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा उहाँको हिजो राती साढे १० बजे मृत्यु भएको हो । त्यस्तै श्रावन २० गते कोभिड पुष्टि भएपछि सोही दिन उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएका बारबर्दियाका पुरुषको आज बिहान ७ बजे मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणका हालसम्म उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ जनाको मृत्यु भएको छ ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech