कोरोनाबाट मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणको कारण नेपालमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ पुगेको छ ।

भाइरस संक्रमणको १४ महिनामा १० हजार १९ जना नेपाली नागरिकले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालको मृत्युदर १.५ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

कोरोनाले पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । त्यसको भोलिपल्ट जेठ ४ गते बाँके नरैनापुरका युवकले भाइरस संक्रमणबाट ज्यान गुमाएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार पहिलो लहरमा ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा युवाले पनि ज्यान गुमाए । ९ वर्ष तलका ४५ जनाले ज्यान गुमाएका छन् ।

तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने सरकारको अनुमान छ । जसको तयारीका लागि सरकारले १८० भेन्टिलेटरसहितको २७५ आइसीयू बेड थप्ने प्रक्रिया थालनी गरेको छ ।

सरकारले आगामी ५ महिनामा थप २ लाख संक्रमित थपिने प्रक्षेपण गरेको छ । साथै, असोज १५ गतेको छेकोमा तेस्रो लहर आउन सक्ने अनुमान पनि सरकारको छ । दोस्रो लहर समेत २० प्रतिशतभन्दा तल घट्न सकेको छैन ।

 

 

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech