भीडभाडजन्य गतिविधि गरे कानून बमोजिम कारवाहीः सिडिओ

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः बाँके प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न पुनः सचेत पारेको छ ।

पछिल्ला केही दिन देखि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले आज सूचना जारी गरेर स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न सचेत पारेको हो ।

परीक्षणको नतिजाबाट संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा पनि कोभिडका बिरामीको चाप बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि पूर्व सावधानी अपनाई संक्रमणदर शून्यमा झार्न सबैको अहंम जिम्मेवारी र भूमिका रहेको सूचनामा उल्लेख गरिएको छ ।

जिल्लामा निषेधाज्ञा कायमै रहेको अवस्थामा विभिन्न व्यक्ति र समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, तोकिएको स्वस्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सार्वजनिक गतिविधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई संभावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न जाने भएकाले तत्काल त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी सूचनामा जिल्लामा निषेध गरिएका गतिबिधिहरु कोही कसैले गरे प्रचलित कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech