बाँकेमा कोरोना संक्रमितको संख्या आज दुई महिना यताकै उच्च बिन्दुमा पुग्यो

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमणको ग्राफ दैनिक बढ्दै गएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा २०७ नमुना परीक्षण गर्दा आज थप ४८ जनामा संक्रमण पुष्टि भएको हो । यो झन्डै दुई महिना यताकै उच्च संक्रमण दर रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरीको प्रयोगशालामा १०९ नमुना परीक्षण गर्दा ३२, मेडिकल कलेज कोहलपुरमा ४९ नमुना परीक्षण गर्दा १० र बागेश्वरी प्रयोगशालामा पनि ४९ परीक्षण भएकोमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका १३, बर्दियाका २३, दाङका ७ र ५ जना अन्य जिल्लाका भएको पनि उहाँले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ७ सय ६ पुगेको छ ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech