भुटानले पठाएको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः मित्रराष्ट्र भुटानले नेपाललाई उपलब्ध गराएको कोराना भाइरसविरुद्धको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको ड्रुक एयरलाइन्सको विमान बिहान ९ः १५ मा आइपुगेको विमानस्थल स्रोतले जनाएको छ ।

भुटानले पठाएको उक्त तीन लाख डोज एस्ट्राजेनेका खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने सरकराले जनाएको छ ।

कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिक चार महिनादेखि दोस्रो डोज खोपको प्रतीक्षामा रहेका छन् । यसैगरी, एस्ट्राजेनेकाको खोप शनिबार जापानबाट पनि आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आफ्ना देशका सबै नागरिकलाई लगाइसकेपछि बढी भएको खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो । उक्त खोप अनुदान हो कि पैंचो भन्नेचाहिँ प्रष्ट भइसकेको छैन ।

७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकले अनुदानमा दिएको गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको जनाइएको छ ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech