लथालिङ्गको अवस्थाबाट भेरीलाई ट्रयाकमा ल्यायौं : अध्यक्ष धिताल

चौध महिनाको कार्यकाल लगभग कोभिड व्यवस्थापन, उपचार, निदान र नियन्त्रणमै वितेको छ । तर यति भन्दैगर्दा केही कामहरु सुभारम्भ भएका छन् । जस्तैः अस्पतालको सरसफाईलाई चुस्तदुरुस्त राख्ने, पार्किङलाई निःशुल्क बनाउने काम सुरु गरेका छौं । यसअघि मोटरसाइकल, साइकल पार्किङ गरेवाफत पैसा तिर्नुपर्ने अवस्था थियो । त्यो हटाइएको छ । अस्पतालको आर्थिक सुशासनलाई पनि व्यवस्थित गराउने पहलको थालनी भएको छ ।


    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७८, शुक्रबार

भेरी अस्पताल प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल हो । १ सय ५० शैयाको यो अस्पतालले समयक्रमसँगै आफ्ना सेवा सुविधालाई थप परिष्कृत, गुणस्तरीय र बिरामीमैत्री बनाउँदै लगेको छ । भौतिक पूर्वाधार सुधारदेखि अत्याधुनिक उपकरण थप्ने कामहरु प्रारम्भ भएका छन् । जनशक्ति व्यवस्थित गर्ने सवालमा पनि सकरात्मक अभ्यास भएका छन् ।

अस्पताललाई प्रविधिसँग जोड्ने प्रयास गरिएको छ । भेरी अस्पतालको अवस्था, सम्भावना र आगामी योजनाबारे अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालसँग गरिएको कुराकानी ।

 प्रश्नः भेरी अस्पतालमा तपाई नेतृत्वको व्यवस्थापन समिति आएको चौध महिना पुग्यो अहिलेसम्म के कस्ता काम भए ?

उत्तरः हामी कोभिड महामारीकै बीचमा नियुक्त भएर आयौं । जुन रफ्तारले अस्पताल व्यवस्थापनको काम गर्नुपथ्र्यो त्यो अझै गर्न पाइएको छैन् । किनभने कोभिडकै बिरामीको उपचार र व्यवस्थापनमै खटिनु परिरहेको छ । अहिलेपनि हाम्रो ध्यान यसैमा केन्द्रीत छ । पहिलो चरणको कोभिड महामारी सकिन नपाउँदै दोस्रो लहर सुरु भयो । दोस्रो लहरको प्रभाव केही मथ्थर देखिएपनि अहिले फेरि तेस्रो लहरको जोखिम बढ्दै गएको सुनिँदै आइएको छ । चौध महिनाको कार्यकाल लगभग कोभिड व्यवस्थापन, उपचार, निदान र नियन्त्रणमै वितेको छ । तर यति भन्दैगर्दा केही कामहरु सुभारम्भ भएका छन् । जस्तैः अस्पतालको सरसफाईलाई चुस्तदुरुस्त राख्ने, पार्किङलाई निःशुल्क बनाउने काम सुरु गरेका छौं । यसअघि मोटरसाइकल, साइकल पार्किङ गरेवाफत पैसा तिर्नुपर्ने अवस्था थियो । त्यो हटाइएको छ । अस्पतालको आर्थिक सुशासनलाई पनि व्यवस्थित गराउने पहलको थालनी भएको छ । पुरानै ढर्राबाट जुन किसीमले बजेट खर्च गर्ने गरिएको थियो त्यसमा लगाम लगाउँदै पारदर्शी र जवाफदेहिताको नीति अवलम्वन गरिएको छ । अस्पताललाई प्रविधिसँग जोड्ने प्रयास भएका छन् । अस्पतालबाट हुने सेवा सुविधालाई थप फराकिलो पारिएको छ ।  लथालिङ्ग अवस्थामा रहेको भेरी अस्पताल एक हिसावले अव ट्रयाकमा हिडिसकेको छ । अर्को आउने विकास समितिले सजिलैसँग अस्पताललाई सम्बृद्ध बनाउन सक्छ । किनभने हाम्रो पालामा सम्बृद्ध अस्पतालको खाका निर्माण भइसकेको हुन्छ ।

 प्रश्नः कोभिडका कारण अस्पतालले के कस्ता काम समस्या झेल्नु प¥यो ?

उत्तरः यस्तो बिषम परिस्थितिमा कर्णाली, सुदूरपश्चिम र प्रदेश पाँचकै रेफरल भेरी अस्पतालले सेवालाई थप फराकिलो पार्नु पर्ने हो । तर सेवा झन अवरुद्ध गराउनु पर्ने अवस्था आयो । कोभिडका कारण उपचारमै संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरु नै संक्रमित भए । थप संक्रमणको जोखिम बढेपछि हामीले ओपिडी सेवालाई खुम्च्याउनु पर्ने अवस्था आयो । तर अव यो समस्या दीर्र्घकालिन रहँदैन् । दोस्रो लहरको कोभिड संक्रमण क्रमशः ओरालो लाग्दैछ । कोभिड हेर्ने र जनरल हेर्ने छुुट्टाछुट्ैै जनशक्ति बनाएका छौं । त्यही अनुसार जनरल सेवा पनि सुरु भइसकेको छ । कोभिडमा मुख्यगरी झेलेको समस्या भनेकै जनशक्ति र अक्सिजन हो । संक्रमित बिरामीको चाप बढेपछि हामीलाई थेक्नै मुस्किल प¥यो । तर एकजना बिरामी हामीले फिर्ता गरेनौं । बरु भुईमा टेन्ट थापेर भएपनि उपचार गरौं । संकटपूर्ण अवस्थामा आफ्नो ज्यानको माया मारेर उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति नमन छ ।

 प्रश्नः सरकारले भेरी अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने भनेर घोषणा  गर्यो । बिशेषज्ञ सेवासहितको सेवा सुरु भएको हो ?

उत्तरः नेपाल सरकारले पाँच सय शैयाको बिशेषज्ञ सेवा सहितको अस्पताल बनाउने भनेर निर्णय गर्यो । तर भौतिक संरचनाको हिसावले भेरीको अवस्था जीर्ण छ । जनशक्तिको अभाव उस्तै छ । निर्णयअनुसार संरचनागत र जनशक्तिको हिसावले हामी पूर्ण छैनौ । हामीले अस्पतालको आवश्यकतासहितको योजना स्वास्थ्य मन्त्रालयमा पठाइसकेका छौ । त्यसमा भौतिक संरचनाको अवस्था, उपकरण, जनशक्तिदेखि व्यवस्थापनसम्मको बिषय समेटिएको छ । अहिले २ सय ७० वेड क्षमताको अर्को भवन निर्माण अन्तिम चरणमा छ ।   त्यसले पनि केही हदसम्म भौतिक संरचनाको अभावलाई टार्नेछ । 

 प्रश्नः अस्पताल विकास समितिको अवको योजना के छ ?

उत्तरः पाँच सय शैयाको ७ तले भवन निर्माणको योजनामा छौं । हेलिप्याडसहित हुने सो भवन अत्याधुनिक हुने छ । हेर्दै पनि आकर्षक देखिने छ । तपाईलाई एउटा कुरा भनु, बाहिरको लुक्सले पनि धेरै प्रभाव पार्दोरहिछ । अत्याधुनिक भवन होस्, वरपर पूmलहरु डकमक फुलिरहेका हुन् । व्यवस्थित पार्किङहोस् । त्यसपछि न बिरामी आउने हुन् । हाम्रो सेवा गुणस्तरीय छ । तर जीर्ण भौतिक संरचनाका कारण अस्पतालप्रति नागरिकको विश्वास नबढेको होकी झै लाग्छ । त्यसैले अस्पतालाई व्यवस्थित गराउने सवालमा हामी प्रतिबद्ध छौं । अस्पतालका सटरहरु अव हटाइने छ । त्यहाँ आकर्षक पर्खाल निर्माण गरिने छ । त्यस्तै अस्पतालको सेवालाई प्रविधिसँग जोड्ने प्रयास भएका छन् । साउन एक गतेबाट फेस रिडर हाजिर लागु गरिसकिएको छ । पर्चा काट्न घण्टौं समय लाइनमा बस्नु पर्ने अवस्था छ ।  त्यसको अन्त्यका लागि आइटी प्रविधिको उपयोग गरिएको छ । भेरी अस्पतालको गेटबाट प्रवेश गर्नासाथ अस्पताल होइन फाइभस्टार होटेलमा पसे झै जस्तो महसुस गर्नुहुने  ।

कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश पाँचकै रेफरल अस्पताल भनिन्छ । र, हो पनि ।   आईसीयू वेड ६ वटा थियो । धन्न कोभिडकालमा त्यसलाई ४० पुर्याइएको छ । योजस्तो आइसीयूमा राखेर उपचार गर्नै पर्ने बिरामीलाई समेत सेवा दिन सकिएको थिएन । कोभिडको यो महामारीपछि जुन ठाउँमा अहिले कोभिड अस्पताल बनाएका छौं त्यहाँ आईसीयू वेड निर्माण गरिने छ । २ सय ७० वेड क्षमताको नयाँ भवन बनिरहेको छ । करिव निर्माणको अन्तिम चरणमा छ । यसक्षेत्रका नागरिकहरुलाई उपचारका लागि भारतको लखनउ काठमाडौं जानै नपरोस् भन्ने चाहना हाम्रो छ । छिटोछरितो, सहज र भरपर्दो उपचारका लागि भेरी अस्पतालको विकल्प खोज्न नपरोस भन्नेमा हामी दृढ छौं

 प्रश्नः भेरीको ओपिडी वार्डमा चिकित्सक नभेटिने समस्या छ । यसले गर्दा पनि भेरीप्रति बिरामीको विश्वास कम भएको पो होकी ?

उत्तरः तपाईले एकदमै गम्भीर र यथार्थ विषय उठान गर्नुभयो । यो अस्पतालको चरम लापरवाही र गैरजिम्मेवार हो भन्ने मलाई लाग्छ । विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ओपिडीमा बसेर विरामीलाई सहज तरिकाबाट सेवा दिनुपर्ने उहाँहरुको जिम्मेवारी र दायित्व हो । सरकारले त्यही अनुसार उहाँहरुलाई खटाएको छ । सेवासुविधा पनि दिएको छ ।  नागरिकको करबाट सुविधा लिने ? ड्युटीमा नबस्ने भन्ने सवाल नै छैन् । तर यो अहिलेको मात्र समस्या होइन बर्षौदेखिको हो । अस्पताल विकास समिति बर्षौदेखिको यो ब्यथिति हटाउने सवालमा अति नै संवेदनशिल छ । केही सुधार पनि भएको छ । तर जति हुनु पर्ने हो त्यति हुन सकेको छैन् । कोभिडका कारण भिड्भाड्बढी कोरोना भाइरसको जोखिम हुने भएकाले उहाँहरु (चिकित्सक)लाई कडाइ गर्न सकिएको छैन् । सबै विभागका इन्चार्जहरुलाई बोलाएर यो बिषयमा गम्भीर भइदिन अनुरोध गरिसकेका छौं । सरकारले उहाँहरुलाई कति समय अस्पतालमा बस्न भनेको छ ? त्यो समयभित्र उहाँहरु ओपिडीमा बसेर सेवा दिनु पर्छ ।  त्यो उहाँहरुको पनि दायित्व र जिम्मेवारी हो । मन्त्रालयको निर्देशिकाले उहाँहरुलाई कतिबजेसम्म अस्पताल बस्न भनेको छ ? केके गर्न भनेको छत्यसको कडाइका साथ पालना हुनुपर्छ । यसमा अस्पताल विकास समिति प्रतिबद्ध छ ।

 प्रश्नः भेरीमा विशेषज्ञ चिकित्सक टिक्नै नसक्ने समस्या छ नी ?

उत्तरः हो, किन बिशेषज्ञ चिकित्सक टिक्दैनन् त्यसको कारण खोज्दैछौं । उपकरण अभावकै कारण पो विशेषज्ञ चिकित्सकहरु टिकिरहेका छैनन् । वा बिरामी नआएर पो होकी ? किनभने आफ्नो दक्षता र क्षमता निखार्न त चिकित्सकहरुले विरामी धेरै हेर्नु पर्यो । उपकरणसँग खेल्नु पर्यो । त्यो नभएर पनि हुन सक्छ । त्यसका लागि हामी गम्भीर ढंगबाट अध्ययन गरिरहेका छौं । विशेषज्ञ चिकित्सकलाई टिकाइराख्ने सवालमा अस्पताल गम्भीर छ । चिकित्सकहरुको आवश्यकता र उहाँहरुको मनोवल उच्च गराइराख्न अस्पताल विकास समितिले खेल्न सक्ने भूमिकामा कुनै कमी हुने छैन् । तर चिकित्सकहरुले प्रवाह गर्ने सेवा पनि उच्चस्तरीय र विश्वसनिय हुनुपर्र्छ । भेरीप्रति बिरामीको बिश्वास बढाउन सकियो भने चिकित्सकहरु पनि टिक्नु हुन्छ । रअस्पतालको विकासपनि सम्भव हुन्छ ।

 प्रश्नः तपाई नेतृत्वको अस्पताल विकास समितिले आफ्नो तीन बर्षिय कार्यकाल पुरा गरेर जाँदै गर्दा भेरी अस्पताल कस्तो भएको हुने छ ?

उत्तरः अहिले तपाईले हेर्नुभयो भने, ओपिडी भवन जिर्ण छ । चिकित्सकहरु जोखिम मोलेर सेवा दिइरहनु भएको छ । छतबाट पानी चुहिन्छ । कतिबेला छत नै खस्छ भन्नेसम्मको अवस्था छ । यस्तो अवस्थालाई फेर्न दीर्घकालिन योजना जरुरी छ । सरकारले पाँच शय शैयासहितको बिशेषज्ञ अस्पताल बनाउने निर्णय गरेको छ । अव कार्यान्वयनको अनुभूति गराउने बेला आएको छ । पाँच सय शैयाको ७ तले भवनको जग हामीले हालेर जाने छौं । पर्चा काट्न घण्टौं समय लाइनमा बस्नु पर्ने अवस्था थियो । आइटी प्रविधिको उपयोग गरेर त्यसको दीर्घकालिन विकल्पको खोजी भइसकेको छ ।

 

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech