दुई महिनापछि आज कोरोना संक्रमितको संख्या सबैभन्दा उच्च

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७८, बुधबार

नेपालगन्जः नेपालमा थप ४ हजार १०७ मा कोभिड संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १६ हजार २९८ जनाको परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । यो दुई महिना यताको सबैभन्दा उच्च हो ।

त्यस्तै आज थप ३५ जनाको कोभिडका कारण ज्यान गएको छ । आज थप १ हजार ५३५ जना संक्रमणमुक्‍त भएका छन् ।

हालसम्म ३९ लाख बढीको कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।

यसअघि मंगलबार देशभर ३३८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको मृत्यु भएको थियो ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech