बीपी प्रतिष्ठानको आन्दोलन आंशिक फिर्ता, सरकारसँग ६ बुँदे सहमति

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७८, बुधबार

चितवनः सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

प्रतिष्ठानको तर्फबाट वार्ता टोलीका संयोजक डा एसपी रिमालले कालोपट्टी बाँधेर काम गर्ने र इमरजेन्सी, कोभिड वार्ड लगायतमा काम ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएको बताउनुभयो ।

तर, पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला र अन्य प्रदर्शन जारी रहने डा रिमालले बताउनुभयो । उच्चस्तरीय समितिको प्रतिवेदन हुबहु कार्यान्वयन गर्नुपर्ने माग आन्दोलनरत पक्षले गरेको छ ।

हेर्नुहोस् सहमति पत्र

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech