कोभिडबाट भेरीमा २३ वर्षीय युवकको मृत्यु

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–५ बर्दियाका २३ वर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि हिंजो विहान बागेश्वरी ल्यावमा परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । हिंजो नै उनलाई भेरीको कोभिड वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

भाइरस संक्रमणबाट गम्भीर अवस्थामा पुगेका उनको आज विहान ३ बजेतिर मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका ३ सय ८० जना संक्रमितको मृत्यु भएको छ ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech