नरेश श्रेष्ठ, माधबी शाह, रामकुमार सोनकार सम्मानित

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७८, बुधबार

नेपालगन्जः जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई नेपाली सेनाले सम्मान गरेको छ । भैरब प्रसाद गणको  १४१ औं बार्षिक उत्सवको अवसर पारेर उत्तर पश्चिमपृतना हेड क्वाटर, निमारे ब्यारेक सुर्खेतले बुधवार साँझ श्रेष्ठसहित जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रामकुमार सोनकर र  शिक्षक माधवी शाहलाई सम्मान गरेको हो ।

बाँके र बर्दिया जिल्लामा निश्वार्थ भावले समाज सेवामा उत्कृष्ट सेवा गरेको भन्दै उहाँहरुलाई कदर पत्र सहित सम्मान गरिएको पृतनापति विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत तथा हाल कोभिड महामारीमा बाँकेमा कार्यरत श्रेष्ठले स्वास्थ्य क्षेत्रमा विगत २५ वर्ष देखि देशका ७ भन्दा बढि दुर्गम जिल्लामा स्वास्थ्य सेवा प्रदान गर्नु भएको छ भने कोभिड महामारीमा बाँके र बर्दियामा रही कोभिड बिरामीको व्यवस्थापन उपचार प्रेषण र शव व्यवस्थापनमा समन्वयात्मक ढंगले उत्कृष्ट सेवा प्रदान गर्दै आउनु भएको छ ।

त्यस्तै प्रशासकिय अधिकृत रामकुमार सोनकरले लामो समय बाँके जिल्लाको जिल्ला प्रशासन कार्यालयमा रही सेवाग्राही मैत्री सेवा प्रदान गरिरहनु भएको छ । त्यस्तै शिक्षण सेवामा रहनु भएकी माधबी शाहले आफनो शिक्षण सेवाका अतिरिक्त सामाजिक सेवाका बिभिन्न क्षेत्रमा रही बाँके जिल्लाका जनताको सेवामा जुटिरहनु भएको छ ।

भैरव प्रसाद गण, राँझाको सभाहलमा सम्पन्न सो कार्यक्रममा नेपाली सेनाका सकलदर्जाका विशिष्ट ब्यक्तीत्व, पृतनापति, गणपती, बाँके र वर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुख, अस्पताल प्रमुख, सामाजिक क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तीत्वहरुको उपस्थीति रहेको थियो ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech