२४ घन्टामा ३३८३ कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७८, मंगलवार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ७१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ४४८ र र ६ हजार ८० जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ९९४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ९२२ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २९ हजार २२ जना संक्रमित होम आइसोलेसन र ३ हजार ३७ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ६८६ जना आइसियुमा र १६२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३७१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech