डा जागेश्वर गौतमको सरुवा सदर, कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)मा डा भुपेन्द्र बस्नेत

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७८, मंगलवार

काठमाडौंः कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जोगेश्वर गौतमको सरुवा भएको छ ।

उहाँलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो ।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेबहादुर देउवाले रोक्नुभएको थियो । राज्यमन्त्री श्रेष्ठले डा गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेरे युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा रुद्र मरासिनीलाई पठाउनुभएको थियो । तर अब डा भुपेन्द्रलाई पठाइएको छ ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech