मोबाइल फोनको प्रयोगले निम्त्याउने समस्या र समाधानका उपाय 

    • डा. दिनेश कुमार चौधरी

  • १९ श्रावण २०७८, मंगलवार

मोबाइल आफैमा एक बहुउपयोगी उपकरण बनिसकेको छ । संवाद स्थापित गर्नदेखि सन्देश आदनप्रदान गर्नसम्म, मनोरञ्जन लिनदेखि उपयोगी जानकारी समेट्नसम्म । प्रयोग गर्न जान्नेका लागि मोबाइल जति उपयोगी छ, दुरुपयोग गर्नेका लागि उत्तिकै हानिकारक पनि । 

केही बर्षअघि अमेरिकामा एउटा रमाइलो सर्वेक्षण भएको थियो, मोबाइलको प्रयोग सम्बन्धी । उक्त सर्वेक्षणमा के देखियो भने मान्छेहरुले केही समयका लागि यौन त्याग्न सक्छन् तर मोबाइल त्याग्न सक्दैनन् । यसको अर्थ हामी मोबाइलमा कति लिप्त हुँदैछौं भन्ने हो । त्यसैले त यसले हाम्रो समय मात्र बर्बाद गरिरहेको छैन, स्वास्थ्यमा अनेकन समस्या पनि निम्त्याइरहेका छन् । 

मोबाइल हातमा पर्न साथ हामी गेम खेलेर घण्टौ विताइदिन्छौं । फेसबुक चलाएर रात विताइदिन्छौं । एक हिसावले भन्ने हो भने अहिले मोबाइल कुलत बनेको छ । मोबाइलमा लिप्त भएकाले धेरै अहिले अनिद्राको शिकार भएका छन् । खानपानको तालिका बिग्रिएको छ । बेचैनी बढाएको छ । खासगरी कलिला बालबालिका, किशोरपुस्ताका लागि मोबाइल घातक बन्दैछ । 

मोबाइलमा झुन्डिएपछि बालबालिकाहरुले एकै स्थानमा घण्टौं समय बिताउँछन् । घर बाहिरको खेलकुदमा रुची राख्दैनन् । शारीरिक गतिविधि न्युन हुन्छ । अर्थात यसले उनीहरुको शारीरिक विकास र तन्दुरुस्तीमा असर पर्छ । मोटोपन, मधुमेह जस्ता रोगको भय बढाउँछ ।

 सामान्य रुपमा हेर्दा मोबाइलको स्क्रिनले आँखामा सोझो असर पर्छ । यसको कारण आँखाको दृष्टिसमेत कमजोर हुन सक्छ । हरक्षण मोबाइल खेलाइरहने व्यक्ति क्रोनिक ड्राई आई सिन्ड्रोमबाट पीडत हुन सकिन्छ । फोनलाई लामो समय मुटुको नजिक राख्नु हुँदैन । गोजीमा लामो समय राख्दा पनि स्वास्थ्यमा असर पुग्न सक्छ । स्मार्टफोनलाई कहिल्यै पनि सिरानी मुनि राखेर सुत्नु हुँदैन । यसले अनिद्राको समस्या निम्त्यान सक्छ । 

अनिद्राको समस्या पनि ठूलो रोग हो । गर्धन बढी झुकाएर मोवाइल चलाउँदा गर्धनलाई जोड्ने हाड सम्बन्धी विभिन्न रोग देखा पर्छ । दिन मामोबाइल फोनमा २ देखि ६ घण्टा सम्म कुरा गर्नु हुन्छ भने त्यस्ता व्यक्तिमा सुन्ने शक्तिमा कमी हुने खतरा हुन्छ । सुन्ने शक्तिको कमीको आभास एकदमै विस्तारै हुन्छ । 

ति व्यक्तिलाई थाहै हुदैन । धेरै जसो व्यक्तिले मोबाइल फोनमा ईयरफोन लगाएर ४५ घण्टा सम्म गीत सुन्ने गर्छन् । यसले गर्दा केही समयपछि (महिना-वर्ष) मा कान को सुन्ने शक्तिमा धेरै असर गरि सकेको हुन्छ ।

यसरी जागिन सकिन्छ 

सके सम्म मोबाइलमा प्रत्येक दिन २ घण्टा भन्दा बढी कुरा नगरौं ।

अत्यन्त जरुरी कुराको लागि मात्र मोबाइल फोनको प्रयोग गरौं ।

लामो समय कुरा गर्नु छ भने टेलिफोन (ल्याण्डलाइन) मा कुरा गरौं, किनकी यो स्थितिमा विद्युतीय चुम्बकिय तरङ्गको दुष्प्रभाव कम हुन्छ ।

मोबाइल फोनमा पनि हेण्डफ्रीमा कुरा गरौं, ईयरफोन प्रयोग नगरौं।

सालको एक पटक ध्वनि प्रदूषणको प्रभावले कानको सुन्ने शक्तिको परिक्षण गरौं ।

कानको शक्ति परिक्षण यन्त्रको नामलाई अडियोग्राम भनिन्छ ।

                                                                                      (डा दिनेश भेरी अस्पतालका नाक, कान, घाटी रोगका विभागीय प्रमुख हुन्)

 

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech