सबै नागरिकले खोप पाउने पहिलो जिल्ला बन्यो मनाङ

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७८, मंगलवार

नेपालगन्जः मनाङ १८ वर्षभन्दा माथिकै सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ । मनाङमा चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी छन् । मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको आचार्यले बताउनुभयो ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४५ सय रहेको प्रक्षेपण गरेको थियो । अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देशविदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४१९८ रहेको आचार्यले बताउनुभयो ।

जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान सुरु भएको थियो ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech