बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारद्धारा समिति गठन

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गरिएको सरकारले जनाएको छ ।

समितिका सदस्यहरुमा मन्त्रालयका कानुनका उपसचिव मानबहादुर बस्नेत र प्रशासनका अधिकृत देवराज भण्डारी रहनुभएको छ । राज्यमन्त्रीको सचिवालयका अनुसार समितिका संयोजक र सदस्यहरुले भोली मंगलबार पत्र बुझेर काम अगाडि बढाउने छन्।

प्रतिष्ठानमा ४७ दिनदेखि आन्दोलन भइरहेको छ। प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीले प्रतिष्ठान सुधारका लागि विभिन्न १२ बुँदे माग राख्दै आइरहेका छन्।

प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले शनिबार मात्रै सरकारलाई वार्ता समिति बनाउन र मागका विषयमा ठोस कदम चाल्न ७२ घण्टाको अल्टमेटम दिएको थियो । उक्त अल्टिमेटम मंगलबार साँझ सकिँदैछ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech