कोभिड अपडेटः आज थपिए ३१२५ नयाँ संक्रमित

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७८, सोमबार

नेपालगन्जः नेपालमा सोमबार थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय १३ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ७९ र ३ हजार १ सय ९८ एन्टीजेन परिक्षणका क्रममा ८४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेािलमा कोरोना संक्रमितको संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ९ हजार ८ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ९ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ५८ हजार १२२ संक्रमितले कोरोना जितेका छन् । हाल ३१ हजार ६२९ सक्रिय संक्रमित आइशोलेशन र ३६८ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख २२ हजार ४८० वटा पिसिआर र ३ लाख २५ हजार ७९९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech