काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा विवेकलाल कर्ण नियुक्त हुनुभएको छ ।
डा कर्ण यसअघि सार्क क्षयरोग केन्द्रमा हुनुहुन्थ्यो ।
सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा कर्णलाई उक्त पदमा नियुक्त गरेको हो।
गत जेठ १० गते देखि मन्त्रालयको सो महाशाखा प्रमुखको पद रिक्त थियो।