डा मरासिनी कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७८, सोमबार

काठमाडौंः डा जागेश्वर गौतमलाई हटाउँदै डा रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी पदमा नियुक्त गरिएको छ। भरतपुर अस्पताल सुधारमा डा मरासिनीको योगदान उच्च रहेको जानकारहरु बताउँछन् । हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्थ्यो ।

सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी पदमा नियुक्त गरिएको हो।

उहाँ चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट समेत रहनुभएको थियो । यसअघि सो पदमा रहेका डा जागेश्वर गौतम विवादित भएपछि उहाँलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech