वीर अस्पतालका स्वास्थ्यकर्मी आजपनि धर्नामा

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७८, सोमबार

काठमाडौंः वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । ८ महिनादेखि रोकिएको सेवा–सुविधाको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमको कार्यकक्षमा भत्ता माग्न पुगेका स्वास्थ्यकर्मी माथि हिजो प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले फेरि आज धर्ना सुरु गरेका हुन्।

डा गौतमले प्रहरी बोलाएर आफ्नै कर्मचारी कुटाएको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । केही स्वास्थ्यकर्मीले डा गौतमको सरूवाको माग पनि गरेका छन्।

आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले गुनासो छ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech