सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

मन्त्री रहञ्जेल व्यावसायिक संस्थाबाट राजीनामा


    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७८, सोमबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो ।

मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १० गते स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठले अबको एक सातामा १६ लाख एस्टाजेनिकाको खोप ल्याइने बताउनुभयो । त्यसैगरी, केही दिनभित्रैमा भेरोसेल १६ लाख र जापानको एटाजेनिका कम्पनीको खोप १६ लाख गरी कुल ३२ लाख खोप नेपाल आउने दाबी मन्त्री श्रेष्ठको छ ।

उहाँका अनुसार अहिले टेकुको खोप स्टोरमा ३ लाख ५० हजार र सातै प्रदेशमा १३ लाख स्टोर रहेको छ । ‘सातै प्रदेशमा हाल १८ लाख खोप मौज्दात रहेको छ,’ उहाँले भन्नुभएको छ । पहिलो मात्रा कोल्भिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार व्यक्तिलाई नेपालमा खोप आएको ३ दिनमा एस्टाजेनिकाको खोप उहाँको दाबी छ।

यसैगरी , मोर्डना ४० लाख, जोनसोन एन्ड जोन सोन ५० लाख, फमइजर ६० लाख र एटाजेनिका ५० गरी १ करोड ४० लाख खोप खरिद प्रक्रिया अगाडी बढाइएको उहाँले जानकारी दिनुभयो । असोज मसान्तसम्ममा एक तिहाइलाई खोप दिइने उहाँले जानकारी दिनुभयो ।

 

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech