वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, केहि स्वास्थ्यकर्मी र कर्मचारी घाइते

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७८, आईतवार

काठमाडौं: बिभिन्न माग राख्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा तनाव उत्पन्न भएको छ । आइतबार अस्पतालका प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसंग छलफल गर्ने क्रममा प्रहरी हस्तक्षेप भएको आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीले आरोप लगाएका छन् ।

प्रहरीले लाठीचार्ज गरेर केहि स्वास्थ्यकर्मी र कर्मचारी घाइते बनाएको वीर अस्पताल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुमराज आचार्यले बताउनुभयो । अस्पतालको सेवामा कुनै सुधार नभएको , आफुहरुले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै उनीहरु आन्दोलित भएका थिए ।

प्रशासकीय अधिकृत र प्रहरीले माफी नमागेसम्म आफुहरुको प्रदर्शन नरोकिने आचार्यले बताउनुभयो । स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनका कारण अस्पतालको सेवा प्रभावित भएको छ ।

स्वास्थ्यकर्मी र कर्मचारीहरुले आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले दावी गरेका छन् ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech