बाँकेमा कोरोना संक्रमण दर बढ्न थाल्यो, १४ सिकिस्त, ५ भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ९३ नमुना परीक्षण गर्दा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालामा २९ नमुना परीक्षण गर्दा ७, मेडिकल कलेज कोहलपुरमा ३३ नमुना परीक्षण गर्दा २ र बागेश्वरी प्रयोगशालामा ३१ नमुना परीक्षण गर्दा १ गरी १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका पाँच महिला र ३ पुरुष गरी ८ जना हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ६ सय ३४ पुगेको छ । यस्तै आज थप ६ जना डिस्चार्ज भएका छन् ।

योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ४५ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ ।

सिकिस्त बिरामीको संख्या १४ पुगेको छ भने मध्यम बिरामीको संख्या २० पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । संक्रमणबाट अहिलेसम्म बाँकेमा ३ सय २२ जनाको मृत्यु भएको छ ।

पहिलो लहरमा ५८ जनाको मृत्यु हुँदा दोस्रो लहरको हालसम्म २ सय ६४ जनाको कोभिडबाट मृत्यु भएको छ । सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा १५३ जना, कोहलपुुर नगरपालिकामा ७०, खजुरा गाउँपालिकामा ४० जनाको मृत्यु भएको छ ।

यस्तै बैजनाथ गाउँपालिकामा २८, राप्तीसोनारीमा १३, जानकीमा ९, नरैनापुरमा ५ र डुडुवामा ४ जनाले कोभिडबाट ज्यान गुमाएका छन् ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech