बिपी क्यान्सर अस्पतालको अंकोलोजी विभागका टेक्निसियन झाको निधन

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७८, शुक्रबार

चितवन: चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत रेडियसन अंकोलोजी विभागका टेक्निसियन आकाशकुमार झाको निधन भएको छ।

अस्पतालका अनुसार झाको बिहीबार राती ८ बजे निधन भएको हो। झाको निधनपछि अस्पतालले सूचना जारी गर्दै उहाँको चिरशान्तीको कामना गरेको छ। झाको निधनप्रति अस्पतालले दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

झाको निधनको दुखमा अस्पतालले आज आकस्मिक र अंतरंग बाहेकका सबै सेवा बन्द गरेको छ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech