जनार्दन र होउबीच भेट, खोपबारे छलफल

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७८, शुक्रबार

नेपालगन्ज: सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न चाहेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेेपालका लागि चिनिया राजदुत होउ याङछीसँगको भेटमा यस्तो जानकारी गराउनु भएको हो।

नेपाल सरकारले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकोले भन्दै मन्त्री शर्माले यसमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र राजदूत याङ्छीबीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गर्नु भएको छ। सरकारले चीनबाट ४० लाख डोज खोप भने खरिद गरिसकेको छ ।

मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech