चितवनमा सक्रिय संक्रमितको संख्या बढ्यो

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७८, शुक्रबार

चितवन: चितवनमा कोभिड-१९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३०  सक्रिय सङ्क्रमित  छन्।

गत असार १३ गते १ हजार १४ मा झरेको  सङ्क्रमित  यही साउन १४ मा आइपुग्दा पबढेर दुई हजार ३० पुगेको हो।

कार्यालयका अनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

गत वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको संख्या उच्च पुगेको थियो। जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो।

असार लागेसँगै घट्दै गएको सङ्क्रमितको संख्या पुनः बढ्न थालेको छ  ।

 

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech