अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेले एक सय डलर पाउने

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७८, शुक्रबार

काठमाडौंः अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेले एक सय डलर पाउने भएका छन् । राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई सय डलर दिन सबै राज्यहरूलाई आह्वान गर्नु भएको हो । यो रकम रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि बढिरहेको भन्दै राष्ट्रपति बाइडेनले खोप लगाउन पनि आह्वान गर्नु भएको छ । बाइडेनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ निर्देशन जारी गर्नु भएको छ ।

निर्देशिका अनुसार अब कर्मचारीले खोपको दुई मात्रा लगाउनु पर्ने छ भने भौतिक दूरी पालना र मास्क अनिवार्य लगाउनु पर्नेछ । डेल्टा भेरियन्टको फैलिँदै गएपछि अमेरिकामा फेरि मास्कको प्रयोग अनिवार्य गर्न भनिएको छ ।

केही दिनअघि राष्ट्रपति बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा। एन्थोनी फाउचीले कोरोना नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको भन्दै स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech