भेरी अस्पतालको अनुभव: सेवा करारमा जनशक्ति व्यवस्थापन कसरी गर्ने ? 

    •           दुर्गा लक्ष्मी श्रेष्ठ

  • १५ श्रावण २०७८, शुक्रबार

सेवा करारमा जनशक्ति व्यवस्थापन प्रक्रियाको लामो इतिहास छैन् । तर पनि नेपाल सरकारको नीति अनुरुप श्रेणी विहीन कर्मचारी, सुरक्षा गार्ड, ड्राइभर, पाले, मालिजस्ता जनशक्ति सेवा करार अन्तर्गत पर्छन् । सेवा करारलाई नेपाल सरकारले जनशक्ति व्यवस्थापनको महत्वपूर्ण पाटो बनाएतापनि यस प्रणालीबाट जनशक्ति लिँदा भर्ना प्रक्रिया बैज्ञानिक र पारदर्शी हुन सकेको छैन् । 

जस्का कारण संस्थाले आशातित सेवा लिन सकेको छैन् भने कामदारहरूले पनि अधिकार र सेवा सुरक्षा पाएका छैनन् । जहाँ सेवा करारबाट कामदारहरू लिइएको छ, त्यहाँ कामदारहरूले सरकारले तोकेको तलब पाएका छैनन् भने विचौलिया ठेकेदारहरु मोटाउने काम मात्र भएको छ । 

भेरी अस्पतालको अनुभव 

भेरी अस्पतालमा नेपाल सरकार तर्फबाट र अस्पताल विकास समितिबाट करीव ९० जना सेवा करारमा कार्यरत छन् । हाल अस्पतालको सरसफाईको जिम्मा मुख्यतः करार सेवाबाट लिइएका कामदारहरूमा निर्भर छ । स्थायी कर्मचारीहरूलाई सेवाबाट वर्खास्त गर्न लामो प्रक्रिया झेल्नु पर्ने हुँदा उनीहरू सेवा करारमा लिइने कर्माचारीहरूलाई नेपाल सरकारको श्रम ऐन अनुसार १३ हजार ४ सय ५० रुपैयाँ मासिक परिश्रमिक तोकेको छ । बोलपत्र मार्फत विभिन्न फर्महरूलाई आव्हान गर्दा निरपेक्ष रूपमा रेटमा मात्र प्रतिष्पर्दा हुने गरेकाले न्युन कबोल गर्ने गर्छन् । 

, तिनै मध्ये एकले टेण्डर पाउने व्यवस्था रहेको छ । यदि व्यवसायीहरूले सरकारी संस्थासँग १३ हजार ४ सय ५० रूपैयाँ भुक्तानी पाउँछन भने व्यवस्थापकिय खर्च कटाउँदा श्रमिकहरूले १३ हजार ४ सय ५० पाउने अवस्था भने रहन्न वा नरहेको पाइन्छ । अतः श्रमिकहरूका अनुसार उनीहरूले ८ देखि ११ हजारको हाराहारीमा मात्र पारिश्रमिक पाएको कुरा बताउँछन् । केही वर्ष अगाडि अस्पतालले ठेकेदारलाई व्यवस्थापकिय खर्च समेत थपेर १७ हजार ५ सय रूपैँया भुक्तानी गर्दा समेत कामदारहरूले पहिले जस्तो १११२ हजार मात्र मासिक भुक्तानी पाउने र बाँकी रकममा ठेकेदार मोटाउने गरेको पाइयो । 

सेवा करारको सम्झौता कार्यालयले ठेकेदारसंँग हुने भएकोले श्रमिकले सरकारले तोकेको न्युनतम ज्याला पाए नपाएको एकिन गर्ने सामथ्र्य  सरकारी निकायको नहरने हुँदा ठेकेदारले ठेक्का वापत रकम बुझेर कति कामदारलाई  बुझाउँने भन्ने कुरा आफु खुसिमा नै निर्भर रहन्छ । आजकालको परिस्थितिमा अन्यत्र काम पाउने सम्भावना न्युन रहेको हुँदा कामदारहरू ठेकेदारले जति दियो त्यति स्वीकार्ने बाध्य रहन्छन । यस्तो प्रकारको ठेक्कामा प्रति कामदार रेट तय हुने र अन्य व्यवस्थापकिय जनशक्तिको निम्त्ति ठेक्कामा व्यवस्था नहुने हुँदा यसरी लिइने कामदारहरू मियो विनाको दाइ’’ शैलीमा काम गर्ने हुन्छन् । जसबाट संस्थाले आशा गरे अनुरूप फाइदा लिन वा उद्देश्य अनुरुप काम गराउन सक्दैन । 

के गर्न सकिन्छ ?

हालको सार्वजनिक खरिद ऐनमा भएको ठेक्का प्रणालीमा केही समयसापेक्ष सुधार गर्न आवश्यक हुन्छ । सार्वजनिक खरिद ऐनमा व्यवस्था भए अनुसार निर्माण कार्यको ठेक्कामा जस्तो जनशक्तिको आपुर्तिमा समेत यो व्यवस्था गर्दा बढी प्रतिष्पर्धात्मक बनाउन सकिन्छ । जनशक्ति जस्तो संवेदनशिल आपुर्तिमा उनीहरूको सुरक्षा र पूर्ण पारिश्रमिक पाउने व्यवस्थालाइ सुनिश्चित गर्ने संयन्त्रको विकास हुन जरूरी छ ।

 यसरी टेण्डरमा आएका सम्पुर्ण कागजातहरू पहिला प्राविधिक मुल्याङ्कन अस्पतालले भनेको काम उसले कुन तवरबाट गर्न प्रस्ताव गरेको छ, त्यसको मुल्याङ्कन गरिनु पर्छ । अर्को पक्ष भनेको कति जना कुन तहका सुपरभाइजर, कति जना कामदार र तिनको खटनपटन कसरी गरिन्छ, त्यसको मुल्याङ्कन कसरी गर्ने भन्ने हो । यस चरणमा योग्य ठहरिएका फर्महरूको मात्र आर्थिक पक्ष मुल्याङ्कन गरिन्छ । 

, सारभुतरूपमा जसको प्रस्ताव प्रभावग्राही देखिन्छ  उसैलाइ ठेक्का दिइन्छ । यस ठेक्काबाट अस्पतालमा काम गराउँदा आउने समस्या भनेको कामदारहरूको छिटोछिटो फेरबदल हुन्छन् । ठेक्काका कर्मचारीहरूको पहिचान खुल्ने ड्रेस र परिचय कार्ड नहुँदा कति कर्मचारीले काम गरिरहेका छन् त ? कतिले काम गरेका छैनन् ? त्यसको यकिन गर्न गाह्रो हुन्छ । ठेक्काका कर्मचारीहरूको ड्युटी खटनपटन ठेकेदारबाट गराउँदा उनीहरू ठेकेदारप्रति बढी वफादार बन्छन् । 

जसका कारण अस्पतालले माग गरे अनुसारको कर्मचारी पाउँदैन् । त्यसले गर्दा अस्पतालको कार्य व्यवस्थापनमा समस्या आउँछ । तसर्थ यी सम्पुर्ण पाटोलाई विश्लेषण गर्दा ठेक्काका सम्पूर्ण कर्मचारीहरूलाई आफ्नै मातहतमा ल्याउँनु पर्ने आवश्यकता देखिन्छ । 

केके काम यो प्रणाली मार्फत गर्ने ?

भेरी अस्पतालले अहिलेपनि विभिन्न प्रयोजनको निम्ति विभिन्न ठेकेदार मार्फत ६५ जना कामदारहरू ठेक्का मार्फत लिइरहेको छ । यस अस्पतालमा निर्माणाधीन नयाँ इण्डोर ब्लक  (अनुमानित बेड संख्या २ सय ६०) को निर्माण केही समयमा नै पूरा हुँदैछ । 

यो अत्याधुनिक भवनमा गुणस्तरिय सेवा दिन र सरसफाई गर्न कम्तिमा २ सय ५० जना जति विभिन्न कामदारहरू चाहिने अनुमान छ । यति धेरै जनशक्ति हालकै प्रणाली मार्फत लिदा हालको नै जस्तो लथालिंगको अवस्था सृजना नहोला भन्न सकिदैन् । नयाँ ठेक्का प्रणाली मार्फत लिन सकिने जनशक्तिहरू यस प्रकार छन् । 

१– सरसफाइकर्मी 

२–सुरक्षागार्ड 

३–हाउस किपिङ

४–भान्से 

५–ड्राइभर 

७–हेल्थ एड

८–इलेक्ट्रिसियन

९– प्लम्बर 

१०–माली 

११–कम्प्युटर सहायक 

यस अन्तर्गत विभिन्न कार्यको निम्ति विजनेस प्लानलाई हेरेर ठेक्का दिन सकिन्छ । अस्पतालको आवश्यकता अनुरूप विभिन्न समयमा थप जनशक्ति लिन सकिनेछ । यस अस्पतालमा भर्ना भएका बिरामीहरूलाई समेत यसै प्रणाली मार्फत लिइने भान्से तथा कर्मचारीबाट खाना वितरण गर्न सकिन्छ ।

हालको प्रणालीमा अस्पतालको रासनको बाड्ने प्रकृयामा ठेकेदारले नै रासन आपूर्ति तथा खाना वितरण गरिरहेकोमा अबका दिनहरूमा रासन ठेकेदारले खाद्यान्न मात्र उपलब्ध गराउँदा बिरामीले खाने खानामा गुणस्तर ल्याउँन सजिलो हुनेछ । भान्सा सुपरभाइजरले रासन ठेकेदारसँग आवश्यक रासन लिई आफ्नो मातहतका जनशक्तिको प्रयोग गरि बिरामीलाई स्वच्छ र स्वास्थ्यबर्धक खाना उपलब्ध गराउनेछ । यसो गर्नका लागि आवश्यकता अनुसार यसै प्रणालीबाट डाइटिसियन को समेत व्यवस्था गर्न सकिनेछ । 

यस अस्पतालले विभिन्न बहिरङ्ग सेवामा आउने बिरामीहरूको अभिलेखलाई चुस्त दुरूस्त गर्न सफ्टवेर जडान गर्ने योजना लिएको छ । बिरामीको चापको कारण चिकित्सकहरूले कम्प्युटरमा त्यस सम्बन्धि तथ्याङ्क प्रविष्ट गराउन कठिनाइ छ । 

अतः यसै ठेक्का प्रणाली मार्फत प्रत्येक बहिरङ्ग बिभागमा आवश्यकता अनुसार कम्प्युटर सहायकहरू लिन सकिनेछ ।  जसले बिरामीको तथ्याङ्क सफ्टवेयरमा इन्ट्री गराउनेछन । जसले गर्दा अस्पतालले आफ्नो क्रियाकलापहरू सजिलै जनताको अगाडि देखाउन सक्ने वातावरण बन्छ र अस्पतालको क्रियाकलापहरूमा पारदर्शीता देखिन्छ ।

 

(श्रेष्ठ भेरी अस्पतालकी, प्रमुख अस्पताल नर्सिङ प्रशासक हुनुहुन्छ)

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech