बाँकेमा आजपनि कोभिड संक्रमित हुनेमा महिला धेरै

    • स्वास्थ्य पेज

  • १४ श्रावण २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा १६४ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा १२८ नमुना परीक्षण गर्दा १५ र कोहलपुर मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा ४ जनागरी १९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका ५ जना रहेका छन् ।

हिंजो बाँकेका पाँच जना संक्रमित थपिनेक्रममा पाँचैजना महिला थिए । त्यसमा एकजना पुरुष र चार जना महिला छन् । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय १३ पुगेको छ । तीमध्ये १७ हजार २ सय ३८ जना निको भएर डिस्चार्ज भएका छन् ।

आजसम्म बाँकेमा ८८ हजार ७ सय ४१ नमुना परीक्षण भएको छ ।

बाँकेमा हाल १३ जना सिकिस्त बिरामी छन भने १५ जना मध्यम खाले बिरामी छन् । ३ जनाको भने भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech