काठमाडौंः सरकारले निः शुल्क भनेको एन्टिजेन परीक्षणमा भक्तपुर अस्पतालले शुल्क लिएको पाइएको छ। भक्तपुर जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल भक्तपुर अस्पतालले शुल्क लिएर एन्टिजेन परीक्षण गरिरहेको पाइएको हो।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भने एन्टीजेन परीक्षण सबैको लागि निःशुल्क रहेको बताउनुभयो। तर, धेरै निजी तथा सरकारी अस्पतालले एन्टिजेन परिक्षणमार्फत शुल्क लिएको पाइएको भन्दै उहाँले यो कार्य गलत भएको बताउनुभयो ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले एन्टिजेन परीक्षण शुल्क र निःशुल्क दुवै गर्ने गरेको बताउनुभयो । गौतमले कोरोनाको लक्षण भएकाहरुलाई निःशुल्क र लक्षण नभएका स्वेइच्छाले जाँच गर्न आएकाहरुलाई शुल्क लिने गरेको बताउनुभयो ।