बाँकेमा आज थपिएका सबै संक्रमित महिलामात्रै

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५९ नमुना परीक्षण गर्दा २४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ५७ नमुना परीक्षण गर्दा ११, मेडिकल कलेज कोहलपुरमा ७२ नमुना परीक्षण गर्दा ५ र बागेश्वरी प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

तीमध्ये चारजना बाँकेका हुन् भने अरु जिल्ला बाहिरका भएको पनि वलीले बताउनुभयो । बाँकेका चारैजना संक्रमित महिला हुन् । योसँगै जिल्लामा संक्रमितको संख्या १७ हजार ६ सय ४ जना पुगेको छ ।

आज थप ४ जना डिस्चार्ज भएका छन् । जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ३८ पुगेको छ ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech