नेपालगन्जमा पनि आयो एक डोजमात्रै लगाए पुग्ने कोरोनाविरुद्धको खोप

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७८, बुधबार

नेपालगन्जः नेपालगन्जका २३ वटै वडामा यही १५ गतेबाट जोन्सन एण्ड जोन्सनको एक डोज लगाएमात्रै पुग्ने खोप दिइने भएको छ ।

१५ र १६ गते दुई दिन कोरोनाविरुद्धको जोन्सन खोप दिन लागिएको नेपालगन्ज उमपहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिड १९ विरुद्धको पहिलो मात्रा लगाउन छुटेका नागरिकलाई यो खोप दिन लागिएको हो ।

यस्तै अपाङ्गता भएका व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भिसाको आधारमा खोप लगाइने प्रमुख चन्दले बताउनुभयो । खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने प्रमणपत्र अनिवार्य गरिएको छ ।

यस्तै विदेश जानेहरुले भिसाका आधारमा खोप पाउने छन् । यसअघि नेपालगन्जमा भेरोसेल र कोभिशिल्डको खोप वितरण गरिएको थियो ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech