सुदूरमा कोभिडविरुद्धको खोप आजदेखि

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७८, बुधबार

धनगढीः सुदूरपश्चिममा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । आजदेखि १६ गतेसम्म उपमहानगरपालिकामा भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो ।

५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाउन सुरु गरिएको बताइएको छ ।

यस्तै खोप अनिवार्य गरेको देश जान लागेकाहरुले पासपोर्ट र भिसा देखाएर खोपको मात्रा प्राप्त गर्न सक्नेछन् । सुदूरपश्चिमका अन्य क्षेत्रमा पनि आजदेखि खोप लगाइनेछ ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech