भेरीमा थप एकजना कोभिड संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ श्रावण २०७८, बुधबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९ बर्दियाका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

असार २० गते भेरी अस्पतालमा भर्ना भएका उनको त्यसको भोलिपल्ट पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो ।

योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका ३ सय ७७ जनाको मृत्यु भएको छ ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech