नेपालमा डेल्टा भेरियन्ट फैलिन लाग्यो, थप ३ जना फेला

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७८, मंगलवार

नेपालगन्ज: नेपालमा ४७ जनामा कोभिड १९ को डेल्टा भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरु विश्व स्वास्थ्य संगठननको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोगमा भारतको नयाँ दिल्लीमा डब्लूएचओको मान्यता पाएको (आइजीआइबी)मा गरीएको परीक्षणबाट नयाँ भेरियन्टको पुष्टि भएको हो ।

४७ मध्ये तीन जनामा नयाँ विकसित भएको K417N mutation भेटिएको छ । जसलाई A.Y1 नाम दिइएको छ ।

यसअघि पनि नेपालमा ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो।

हाल सम्म यो म्युटेसन नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालसहित भारत, रासिया, अमेरिका, युके, जापान, पोल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड र क्यानडामा यो नयाँ म्युटेसन देखिएको छ। यो म्युटेसन कुन देशमा पहिला देखियो भन्ने विषयमा भने अहिलेसम्म जानकारी आउन सकेको छैन।

डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ। अल्फा भेरियन्ट १६४ देशमा देखिएको छ।

यी सहित हालसम्म नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ। यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech