बाँकेमा १६४ नमुना परीक्षण गर्दा १३ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप १३ जनामा कोरोना पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा १६४ नमुना परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जना, मेडिकलमा कलेज कोहलपुरमा ७ जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका ४ जना छन् । हालसम्म बाँकेमा १७ हजार ६ सय जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २ सय ३४ जना निको भई डिष्चार्ज भएका छन् । यस्तै आज थप ३ जना डिस्चार्ज भएका छन् ।

जिल्लामा ४४ जना सक्रिय संक्रमित रहँदा २२ जना अस्पताल र आइसोलेसनमा छन् भने ४२ जना होम आइसोलेसनमा छन् ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech