स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई मन्त्रालयको नेतृत्व नदिन केसीको आग्रह

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७८, मंगलवार

नेपालगन्जः स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर डाक्टर केसीले स्वास्थ्य क्षेत्रमा यो सरकारबाट धेरै आशा भए पनि सरकारका सुरुवाती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकलाई पहिलै गाँसमा ढुङ्गा लागेको दाबी गर्नुभएको छ ।

देशको सार्वजनिक स्वास्थ्य प्रणाली धराशायी बनाएर निजी अस्पताल फस्टाएको पृष्ठभूमिमा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय भएको र आफूहरूलाई स्वीकार्य नहुने डाक्टर केसीको चेतावनी छ ।

स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै डाक्टर केसीले नीतिगत भ्रष्टाचारलाई संरक्षण नगर्न सुझाव दिनुभएको छ ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech