आज रक्तसंचार सेवा दिवस

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७८, मंगलवार

नेपालगन्जः नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा केन्द्र बाँकेले आज नेपालगन्ज रक्तसंचार सेवा दिवस मनाएको छ । ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा: नेपालको रक्तसंचार सेवा’ भन्ने मुल नाराका साथ केन्द्रले रक्तसंचार सेवा दिवस मनाएको हो ।

केन्द्रले आर्थिक वर्ष २०७७÷०७८ मा १० हजार ८ सय १६ सङ्कलन गरेको जनाएको छ । यस्तै यो अवधिमा १३ हजार ८३ पिन्ट रगत वितरण भएको रक्तसंचार सेवा केन्द्रका इन्र्चाज उपेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

१८ सय ८ पिन्ट रक्ततत्व निर्माण (कम्पोनेट) र कोभिडबाट संक्रमित १ सय २९ जना बिरामीलाई प्लाजामा उपलब्ध गराइएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका–१३ ले मानवीय सेवा अन्र्तगत केन्द्रलाई वाटरवाथ, वि.पी.सेट, सेन्ट्रीफियुज र क्लोरीमिटर गरी ५० हजार बराबरको उपकरण प्रदान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा समिति बाँकेका संयोजक राजकुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति शान्ति श्रेष्ठ, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, १३ नम्वर वडाका कार्यबहाक वडाअध्यक्ष सत्यनारायण यादवलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech