स्थापनाको १३१ वर्ष, वार्षिकउत्सव पहिलो पटक

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७८, मंगलवार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालले आज पहिलो पटक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो १३१ औं स्थापना दिवस मनाउँदैछ । विहान १० बजे पछि स्वास्थ्य सचिव डा.रोशन पोख्रेलले वार्षिक उत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालले वार्षिक उत्सवको अवसरमा अस्पतालमा लामो समयदेखि काम गर्ने कर्मचारीलाई सम्मान गर्ने जनाएको छ ।

दिवसकै अवसरमा यसअघि सम्पन्न भईसकेका आन्तरिक खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई समेत सम्मान र मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको सदस्य श्रेष्ठले बताउनुभयो । भेरी अस्पताल वि.सं. १९४७ मा स्थापना भएको थियो ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech