मन्त्रालयले भन्यो–‘आपत्तकालीन प्रयोगका लागि प्रदेशमा १०००, विभागमा २००० अक्सिजन सिलिण्डर भरेर राख्नु ।’

आगामी ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने मन्त्रालयको प्रक्षेपण


    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७८, सोमबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापनलाई प्रभावकारी बनाउन काम अगाडि बढाएको छ । त्यसका लागि अक्सिजन सिलिण्डर भरेर बिग्रिएका प्लान्टहरु बनाउन निर्देशन दिएको छ ।

मन्त्रालयको गुणस्तर मापदण्ड महाशाखा प्रमुख डा मदन उपाध्यायका अनुसार अक्सिजन कलेक्सन गरेर राख्ने, प्लान्ट र लिक्वीइड टंयाक बिग्रिएको छ भने बनाउने, खरिद बाँकी वा प्रक्रियामा भए चाँडो पूरा गर्न समेत निर्देशन दिइएको छ ।

‘आकस्मिक प्रयोगका लागि सबै प्रदेशमा १ हजार अक्सिजन सिलिण्डर र स्वास्थ्य सेवा विभागले २ हजार सिलिण्डर भरेर राख्न भनेका छौं,’ डा उपाध्यायले भन्नुभयो–‘सम्भावित तेस्रो वेवको तयारीमा रहन सबै अस्पताललाई निर्देशन दिइएको छ ।’

कोभिड–१९ को दोस्रो लहरमा अक्सिजनको व्यवस्थापन असहज भएका कारण संक्रमितको उपचारमा समस्या भएको थियो । जसका कारण मन्त्रालयले सम्भावित तेस्रो वेवका लागि अहिले नै विभिन्न तयारीहरु अगाडि बढाइरहेको छ ।

मन्त्रालयले अहिलेकै स्थिर अवस्था रहे आगामी ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

नयाँ थपिनेसंक्रमितमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र सोमध्ये ९ हजार ७ सय ९३ लाई सघन उपचार गर्नुपर्ने आँकलन मन्त्रालयले गरेको छ ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech