नेपाल कोरोनाको तेस्रो लहरको पूर्वसन्ध्यामा: स्वास्थ्य सचिव अर्याल

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७८, सोमबार

काठमाडौंः स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपाल कोरोना संक्रमणको तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको बताउनुभएको छ।

सोमबार प्रतिनिधि सभाको शिक्षा समितिको बैठकमा सचिव अर्यालले कोरोनाको तेस्रो लहरको प्रारम्भिक वा पूर्वसन्ध्याको अवस्थामा नेपाल रहेको बताउनुभयो ।

संक्रमण बृद्धि भइरहेकोले नेपाल तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको उहाँको भनाइ थियो।

हालसम्म १४ लाखलाई कोरोनाविरुद्धको खोप लगाइएको र २४ लाखले एक डोज खोप लगाएको उनले जानकारी दिनुभयो ।

अर्यालले ९७ लाख डोज खोप शुक्रबारसम्म आउने र असोजसम्म ३३ प्रतिशतसम्मले खोप लगाउने दाबी गर्नुभयो। चैतसम्म २ करोड ६५ लाखलाई खोप लगाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech