बाँकेमा कोरोना संक्रमण दर फेरि बढ्यो

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७८, सोमबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३६० नमुना परीक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा २५५ नमुना परीक्षण गर्दा २१, मेडिकल कलेज कोहलपुरमा ६७ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बागेश्वरी प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका ३१ मध्ये बाँकेका १५ जना छन् । साउन महिनामा एकैपटक १५ जना संक्रमित थपिएको यो पहिलो पटक हो । पछिल्लो २४ घण्टामा दुई जना डिस्चार्जभ एका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ३१ पुगेको छ ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech