सुर्खेतमा आजदेखि कोरोनाविरुद्धको खोप भेरोसेल लगाइदै

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७८, सोमबार

सुर्खेत: सुर्खेतमा आजदेखि कोरोनाविरुद्धको खोप भेरोसेल लगाउन सुरु गरिदै छ । सरकारले निर्धारण गरेको लक्षित समुहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार यो अभियानमा ५५ वर्ष उमेर पुगेका र खोपको पहिलो मात्रासमेत नलगाएका नागरिकलाई खोप लगाइने छ । त्यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई समेत भेरोसेलको पहिलो मात्रा खोप लगाइनेछ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकहरुले पनि खोप लगाउन पाउनेछन् ।

सबै स्वास्थ्य संस्थामा एक साथ कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइने छ। कोरोनाको लक्षण भएका, सिकिस्त विरामी र कोरोना भएको ३० दिन ननाघेका नागरिकलाई खोप नलगाउन कार्यालयले सुझाएको छ । खोप लगाउन जाँदा उमेर खुल्ने कागजात नागरिकता, सवारी चालक अनुमति पत्र वा वडाको सिफारिस अनिवार्य लिनुपर्ने छ।

स्वास्थ्य कार्यालयका अनुसार आज ११ गते सोमबर ५५ वर्ष उमेर पुगेका र खोपको पहिलो मात्रासमेत नलगाएका नागरिकलाई खोप लगाइने छ । त्यस्तै भोली १२ गते मंगलबार विश्वविधालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाइ खोप लगाइने भएको छ।

 

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech