सुर्खेतमा भोलिदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७८, आईतवार

तस्बिर:फाइल

वीरेन्द्रनगरः सुर्खेतमा सोमबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सुरु हुने भएको छ। कूल २८ हजार ७१२ जना नागरिकलाई खोप लगाउने उद्देश्यले अभियान सुरु हुन लागेको हो।

कार्यतालिका अनुसार भोलि सोमवार ११ गते ५५ वर्ष उमेर पुगेका र खोपको पहिलो मात्रासमेत नलगाएका नागरिकलाई खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो। खोप लगाउन जाँदा उमेर खुल्ने कागजात (नागरिकता, सवारी चालक अनुमति पत्र वा वडाको सिफारिस) अनिवार्य लिनुपर्ने छ।

त्यस्तै १२ गते विश्वविधालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाइ खोप लगाइने भएको छ। खोप लगाउन जाँदा विश्वविद्यालयका कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्र र सार्वजनिक यातायातका चालक र सहचालकहरूले यातायात व्यावसायी संघको सूची जिल्ला प्रसाशन कार्यालयबाट प्रमाणित गराइ परिचयपत्र लिनुपर्ने छ।

भेरोसेल खोप अभियान सकिएपछि थप २३ हजार नागरिकलाई अमेरिकी जोनसोन खोप लगाइने छ। जोनसोन खोप ५० देखि ५४ वर्ष उमेर समूहका, खोप अनिवार्य गरिएका देशमा जाने नागरिक, क र ख वर्गका अपाङ्ग, स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूलाई लगाइने छ। जोनसोन खोपको एउटा मात्रा लगाए पुग्ने भएका कारण विदेश जाने नागरिकलाई पहिलो प्राथमिकता दिइने प्रमुख वाग्लेले बताउनुभयो।

सुर्खेतमा हालसम्म ३३ हजार चासय ४९ जनाले कोरोनाको पहिलो मात्रा र १४ हजार दुईसय ७९ जनाले दोस्रो मात्रा खोप लगाएका छन्। १८ हजार ७०७ जना कोभिसिल्डको दोस्रो मात्रा लगाउने पर्खाइमा छन्।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech