२४२ नमुना जाँच गर्दा १५ जनामा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ९ श्रावण २०७८, शनिबार

नेपालगन्ज: बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २४२ नमुना जाँच गर्दा थप १५ जना संक्रमित थपिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा १२३ नमुना परीक्षण गर्दा ११ जना, मेडिकल कलेजको प्रयोगशालामा ८२ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा ३७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमित मध्य ५ जना मात्र जिल्लाका छन् । हालसम्म जिल्लामा ८७ हजार ७४६ नमुनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ । संक्रमणबाट निको भएर थप ६ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै गएको २४ घण्टामा कोभिड संक्रमणकै कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका १ जनाको मृत्यु भएको छ ।

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech