कोरोना खोप कार्ड प्रमाणीकरणका लागि थप ३ वटा अस्पताल तोकिए

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७८, शुक्रबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोप कार्ड प्रमाणीकरणका लागि ४ वटा अस्पताल तोकेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको हो। टेकु अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भिड लागेपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको संख्या बढाएको हो ।

वैदेशिक रोजगारी, अध्ययन, उपचार लगायत अन्य कार्य गर्न विदेश जाने नागरिकहरुको लागि खोप लगाएको प्रमाण पत्र अनिवार्य लिनुपर्ने व्यवस्था छ। यस अघि खोप लगाउँदा उपलब्ध खोप कार्डले खोप लगाएको आधिकारिकता पुष्टि नभएपछि सरकारी अस्पतालबाट प्रमाणीकरण गर्नुपरेको हो ।

 

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech