सुर्खेतमा साउन १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७८, शुक्रबार

वीरेन्द्रनगरः सुर्खेतमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ । थपिएको निषेधाज्ञाको अवधिमा पुस्तकालय सञ्चालन गर्न अनुमति नदिएको प्रशासनले परीक्षा भने सञ्चालन गर्न सकिने बताएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

प्रजिअ रिजालका अनुसार कोभिड–१९ सम्वन्धी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जिल्लामा सबै तहका परिक्षा सञ्चालन गर्न सकिने छ ।

यसअघि शनिबार बाहेक हरेक दिन बिहान ६ बजेदेखि २ बजेसम्म खुल्दै आएका पसलहरु अब ६ देखि बेलुका ६ बजेसम्म खुल्ने छन् । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरु पनि खोल्न पाइनेछ ।

यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

होटल, रेष्टुरेन्ट र खाजा पसल भने कुल क्षमताको ५० प्रतिसत नबढ्ने गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना सहित खोल्न पाइने प्रशासन जनाएको छ । सैलुन, व्युटी पार्लर, जिमखाना, पुस्तकालय भने पूर्णरुपमा बन्द हुनेछन् । सुर्खेतमा वैशाख १५ गतेयता निषेधाज्ञा जारी छ ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech