पछिल्लो २४ घण्टामा २७१४ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७८, बिहीबार

नेपालगन्जः नेपालमा बिहीबार थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा १ हजार८ सय ५५ र ३ हजार ७ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । त्यस्तै थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ६ सय ६१ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार २ सय ८८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३७ हजार ६९० संक्रमितले कोरोना जितेका छन् । हाल २७ हजार ३७५ संक्रमित आइसोलेशन र २९१ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३५ लाख ४ हजार १९१ वटा पिसिआर र २ लाख ७८ हजार ५६९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech