मध्यम र लामो दूरीको सवारीसाधन चल्न बाँके प्रशासनको अनुमति

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७८, बिहीबार

नेपालगन्जः मध्यम तथा लामो दूरीका सवारी साधन संचालन गर्न बाँके प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै गृहमन्त्रालयले आवश्यक जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नेगरी मध्यम तथा लामो दूरीका सवारी साधन संचालन गर्न परिपत्र गरेसँगै बाँके प्रशासनले सवारी साधन संचालनको अनुमति दिएको हो ।

यसअघि भाइरस संक्रमणको कारण जारी निषेधाज्ञा भन्दै प्रशासनले आन्तरिक सवारीसाधन बाहेक बाहिरी जिल्लाको लागि संचालनको अनुमति दिएको थिएन् । त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई दृष्टिगत गरेर स्वास्थ्य मापदण्ड पालना गरेर सवारीसाधन चल्न भनिएको सूचनामा उल्लेख गरिएको छ ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech