जेटियुसिसिले नेपालगन्ज मेडिकल कलेजका कर्मचारीलाई भन्यो–‘आन्दोलनमा हाम्रो साथ छ ।’

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७८, बिहीबार

नेपालगन्जः जेटियुसिसि संयुक्त टे«ड युनियन बाँकेले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरुको आन्दोलनमा एक्यबद्धता जनाएको छ ।

तलवभत्ता नपाएको भन्दै करीव एक सातादेखि आन्दोलन कर्मचारीको आन्दोलनमा युनियनले एक्यबद्धता जनाएको हो । युनियनका बाँकेका संयोजक बसन्त मल्लद्धारा आज जारी विज्ञप्तीमा कोरोनाको बिषम परिस्थितिमा

ज्यानको बाजी राखेर काम गरेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलवभत्ता, कोभिड भत्ता नदिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । सामाजिक सुरक्षा कोष वाफत काटिएको रकम फिता समेत फिर्ता नगरिएकोप्रति युनियनले ध्यानाकर्षण भएको पनि जनाएको छ । श्रमिकहरुको मागलाई तत्काल अस्पताल प्रशासनले पूरा नगरे त्योबाट हुन सक्ने परिणामको क्षतीको जिम्मेवार स्वयंम अस्पताल हुने पर्ने विज्ञप्तीमा भनिएको छ ।

अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु तीन महिनादेखि तलवभत्ता नपाएको, कोभिड भत्ता नपाएको लगायतका माग राखेर अस्पतालमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech