नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण पत्र परीक्षा आगामी भदौ १९ गते

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७८, बिहीबार

काठमाडौं: नर्स तथा मिडवाइफको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा आगामी भदौ १९ गते हुने भएको छ ।

नेपाल नर्सिङ काउन्सिलका अनुसार साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम बुझाउन सक्ने र भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम बुझाउन सकिने छ ।

प्रविणता प्रमाण पत्र तह (पिसिएल) वा बिएस्सी नर्सिङ र ब्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थी लान्सेस परीक्षणामा सामेल हुन पाउने काउन्लिलले जारी गरेको सुचनामा उल्लेख छ ।

परीक्षा बिहान ९ बजेदेखि ११ः ३० बजेसम्म हुनेछ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech